आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

"सगरमाथा मुस्कुराए झैँँ" कविता

परदेशी खबर १ चैत्र २०७३, मंगलवार १७:०९ मा प्रकाशित ( ७ साल अघि) ५७१ पाठक संख्या

“सगरमाथा मुस्कुराए झै”
________________
आखे म्हेमे म्हेर्बा लिच्छा
खालाईसे नाङ्सी न्हुबा इतिहास्
दोराम बा गाङ्री म्हाने बनाएपछी र
त्रीशुलिमा पसिनाको खोला बगेपछी हो,
ताम्सालिङ मुस्कुराउन थालेको ।
आमाला गुनेरि,
आमाको फरियामा सलबलाउने माटोलाई
पैतालाको धुलो सम्झेर
टकटकाउँदै टकटकाउँदै
ज्यो ज्यो
औँठा छाप भएको पासपोर्ट बोकेर
मुग्लान भासे पछी
उम्रन थालेको हो,
आफ्नै आखे म्हेमेको मुटुको टुक्रमा
बिशालु च्याउहरु ।
छाङ्री वाङ आखम्बा ,
डोकोमा अटि नस्क्ने चाहानाहरु पलाएपछी र
इच्छाहरुले पहाड चुमेपछी हो,
आफ्नै आत्मा पराइ बन्न पुगेको ।
निबागादे निसी जिन्जि
बाकिहरु रेधोजी धारेम्
बाकी गादे छोर्धोजी धारेम्
हिन्न्,
ताम्सालिङ ह्युल्दा सिबारी पिन्ना आते
ताम्सालिम्ग ह्युल्दा म्हेर्बारी पिन्ना आते
ह्याङ डिक्सि,
हामी मिलेर लाखेट्नु छ
पराइ गिद्दे नजरहरुलाई
जो
सिमानामा खुट्टा टेकेर
केन्द्रमा भाला रोप्छ र
पहाडी फूलामाथि आँखा गाड्छ ।
म्हेर्बा ङाच्छा
बृदोबा मुला गिक ह्वाइ
त्यही गितमा
बनाउनु छ दोर्जेको कथा
बचाउनु छ आफ्नो अस्तित्व
त्यसै गितमा
छर्नु छ
दिलामायाले रगत बगाएको माटोको वास्ना

फूलाउनु छ सुनापाती बेथानमा
एक फूल,
जुन फूलाले ताजै राख्नेछ सयौ दिलामाया र
सयौ कालेदाइहरुको याद ।
तब मात्र मेरो मन मुस्कुराउनेछ
जस्तै कि
ताम्सालिङ मुस्कुराए झै,
जस्तै कि सगरमाथा मुस्कुराए झै ।

 

-शितल लामा