आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

साउदी अरब जेद्धामा ६७ औं प्रजातन्त्र दिवस मनाइयो ।

परदेशी खबर ८ फाल्गुन २०७३, आईतवार १४:०७ मा प्रकाशित ( ७ साल अघि) २०० पाठक संख्या


अशिमदोर्जे तामाङ/ फेब्रुअरी १९, साउदी अरब। साउदी अरबको जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासमा ६७ औँ प्रजातन्त्र दिवस मनाइएको छ ।

नेपालमा निरंकुस शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

कार्यवहाक महावाणिज्यदूत रेवती रमण पौडेलले नेपाली राष्ट्रिय झण्डालाई झन्डोत्तलन गरी कार्यक्रम शुरू गरे । साउदी अरबको जेद्धामा स्थापित नेपाली संघ-संस्थाका प्रतिनिधीहरू, समाजसेवी, पत्रकार लगायत अन्य जनसमुदायको वाक्लै उपस्थिति रहेको कार्यक्रमलाई महावाणीज्य दूतावासका श्रम सहचारी भोजराज घिमिरेले संचालन गरेका थिए भने वाणीज्यदूत मनहरी दंगालले स्वागत मन्तव्यद्धारा सबैलाई स्वगत गरेका थिए ।

कार्यवहाक महावाणिज्यदूत पौडेलले ज्ञात अज्ञात सहिदहरूको वलिदानीलाई स्मरण गर्दै एक दलिय जहानिया शासनलाई प्रतिस्थापन गर्न सफल प्रजातन्त्रीय शासन व्यवस्थाको थालनी भएसंगै जनतामा सवैखाले अधिकार शुनिश्चित भएको र विश्वमा बहुप्रचलित एवं उपयोगीसिद्ध प्रजातान्त्रीक शासन व्यवस्थामा राष्ट्रको सहज मार्ग तय हुने बताएको पत्रकार तथा सामाजिक अभियन्ता अञ्जन पोखरेलले जानकारी गराए ।

बिदेशी भूमिमा रहँदापनि नेपालको राष्ट्रिय महत्व राख्ने प्रजातन्त्र दिवस मनाउँदा गौरवान्वीत महसुस भएको उपस्थित सबैले बताए ।