आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

किरात याक्थुङ चुम्लुङले मार्च ३ मा तेस्रो अधिवेशन तथा पाँचौं वार्षिकोत्सव मनाउने

परदेशी खबर २४ माघ २०७३, सोमबार १७:३६ मा प्रकाशित ( ७ साल अघि) ३९३ पाठक संख्या

हरि लावती/ फेब्रुवरी ६, कुवेत । आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतले आगामी मार्च ३ मा तेस्रो अधिवेशन तथा पाचौं बार्षिकोत्सव मनाउने निर्णय गरेको छ ।

चुम्लुङको गत फेब्रुवरी ३ तारिक बसेको बैठकले उक्त निर्णय गरेको र फेब्रुवरी ५ तारिक विषेश भेला बसी अधिवेशन तथा वार्षिकोत्सव मनाउने तयारी समिति गठन गरी कार्यवाहक अध्यक्ष बल बहादुर काम्बाङलाई संयोजक समेत तोकेको छ । अन्य सदस्यहरुमा अरुण निङलेखु, अर्जुन एत्तेन, नरेन्द्र थाम्सुहाङ, रवि चेन्ची माबो, लिला चेम्जोङ, इन्द्र कुरुम्बाङ, गंगा थेगिम रहेका छन्। प्रचार प्रसारको जिम्मा हरि लावतीलाई दिइएको छ ।

संयोजक बलबहादुर काम्बाङले आगामी मार्च ३ मा अन्य कुनै कार्यक्रम नजुधाईदिनु हुन र कार्यक्रममा उपस्थित हुनु भई कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न सम्पूर्ण संघ संस्थाहरु, बुद्धिजीवीहरु, समाजसेवीहरु, संगठनहरु, पत्रकारहरु, कलाकारहरु, खेलाडीहरु तथा सम्पुर्ण कुवेतवासी लिम्बु, गैर लिम्बु दाजुभाइ तथा दिदीबहिनीहरुमा बिशेष अनुरोध समेत गरेका छन्।

कार्यक्रम आयोजना हुने

मिति : मार्च ३, २०१७ शुक्रबार
स्थान : वेडिङ हल, जेलिब
समय : मध्यान्ह १२ बजे ।