मोरङसुनसरी सेवा समाज कुवेतको आयोजनामा गरिएको बार्षिकोत्सव तथा बनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न

 

नैनकला राई / जनवरी २८, कुवेत।

हिजो जनवरी २७ तारिकको दिन कुवेत स्थित रमणीय स्थान कवडमा मोरङ सुनसरी सेवा समाज कुवेतको आयोजनामा गरिएको बार्षिकोत्सव तथा बनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ l

अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख आतिथि बेग खड्का रहेका थिए भने कार्यक्रम संस्थाका महासचिव उमेश फुयाँलले संचालन गरेका थिए l उक्त कार्यक्रममा सभापतिका साथ प्रमुख अतिथि लगाएत बिशेष अतिथिले सामुहिक रुपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए साथै आमन्त्रित विशिष्ट ब्याक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए l

“मोरङसुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै गत बर्ष २९ जनवरि २०१६ मा स्थापना गरिएको संस्था मोरङसुनसरी सेवा समाज कुवेतले १ बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश भएको खुसिको अवसरमा मोरङ सुनसरी सेवा समाजले आन्तारीकरुपमा खुसी साटासाट, परिचय तथा कुवेतमा छरिएर रहेका मोरङ सुनसरिका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ एकीकृत गराउने उदेश्यले यो कार्यक्रम राखिएको संस्थाका अध्यक्ष अरुण लिम्बू बताए l

कार्यक्रममा विभिन्नखाले सांगीतिक मनोरन्जनका लागि स्थानीय कलाकारहरु गएक राजु थापा, राज कुमार आठपहरिया लगाएतका कलाकारहरु र म्युजिक ब्याण्डले आमन्त्रित पाहुनाहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए। खेल प्रेमीहरुका लागि छेलो हान्ने खेलको प्रतियोगिता राखिएको थियो l उक्त खेलमा पहिलो, दोश्रो र तेस्रो हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो l ३१ जनाको सहभागिता रहेको खेलमा प्रथम स्थान दिल स्याङ्बो, दोश्रोमा जितेन लिम्बु र तेश्रोमा कुमार बराइलिले उपाधि हात पर्न सफल भएका थिए l आउट डोर मनोरन्जनको लागि पनि घोडा र मोटरसाइकल (चार पांग्रे बुगि)को ब्यबस्था रहेकोले उपस्थित पाहुनाहरुले यसको आलग मनोरन्जात्मक फाइदा लिएका थिए l कार्यक्रमको बीच बिचमा अगान्तुक पाहुनाहरुलाई जलपान साथै अन्त्यमा बिभिभिन्नखाले स्वादिष्ट परिकार खानको ब्यबस्था मिलाइएको थियो l साथै कार्यक्रममा कार्यसमितिका सबै ३४ जना र कलाकारहरु राजु थापामगर, इन्दिरा शाह, प्रेम कटुवाल, जितेन लिम्बू, अमृता लिम्बू र एम बि लिम्बूलाई प्रमाणपत्र बितरण गर्दै सम्मान गरिएको थियो। सोहि अवसरमा कार्यक्रममा संस्थाले संकलन गरेर नबलपरासी तमसरिस गाबिस वार्ड नं २ बर्ष ३३ की हाल कुवेतको मुबारक अल कबिर हस्पिटलमा उपचाररत सरस्वती खाँडलाइ ३१ केडि र धरान उपमहानगरपालिका वार्ड नं ३ निबासी बर्ष १५ कि बोन म्यारो रोगले पिडित नाइसा शाक्यलाइ ५१.४०० फिल्स सहयोग गरेको छ। नाइसा शाक्य अहिले काठमाडौ स्थित सिभिल हस्पिटलमा उपचाररत छिन।

कार्यक्रमको अन्त्यमा सभापति अरुण लिम्बुले कार्यब्यस्तताको बाबजुद पनि निमन्त्रणा स्विकारी कार्यक्रम भब्य र सभ्यरुपमा सफल पारिदिनु हुने अतिथिहरु लगाएत बिद्धिजीबी , समाजसेवी , पत्रकार ,खेलाडी, कलाकार साथै अहोरात्र खटिएर कार्यक्रम सफल पारिदिनु हुने संस्थाका सम्पूर्णलाई आभार ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए l

कार्यक्रममा सहभागीहरुलाई कारर्यक्रम स्थान सम्म जान आउनको लागि सवारि साधनको ब्यबस्था आयोजकको तर्फबाट गरिएको थियो l






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस