आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा १ बर्ष देखि उपचाररत महिलाको उपचार र नेपाल फिर्तिको लागि लुम्बिनी समाजले सहयोग संकलन गर्दै

परदेशी खबर ५ माघ २०७३, बुधबार १९:५२ मा प्रकाशित ( ७ साल अघि) ३०७ पाठक संख्या

 

कुवेतमा रहेका सामाजिक संघ संस्था लगायत नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई लुम्बिनी समाज नेपाल कुवेतको सहयोगको लागि अपिल गरेको 

 

परदेशी खबर/जनवरी १८,कुवेत । कुवेतको जाहरा स्थित जाहरा अस्पतालमा विगत एक बर्षदेखि उपचार गराईरहेका तारा थापाको उपचार र नेपाल फिर्ता पठाउनको लागि लुम्बिनी समाज नेपाल कुवेतले सहयोग संकलन गर्न लागेको छ ।

दोभान ५, पाल्पा घर भएकी थापा रोजगारीका लागि १० बर्ष अगाडी घरेलु कामदारको रुपमा आएकी थईन्। उनी अचानक बेहोस भई ढलेकी थिईन्। ब्लड प्रेसरका कारण उनी ढलेपछी अस्पतालमा अठ्ठाईस दिन सम्म आईसियुमा राख्न परेको र सोह्र दिन पछि मात्र होशमा आएकी थिईन्। उनी अझै राम्रोसँग बोल्न सकिरहेकी छैनन् ।

एक छोरा भएकी थापाकी श्रीमान्को निधन भईसकेको र आर्थिक स्थिति नाजुक भएको कारण जिविकोपार्जनको लागि कुवेत आएकी थिईन्। एक वर्षदेखि अस्पतालको शैंयामा उपचार गरिरहेकी थापालाई अझै अप्रेसन गर्नु पर्ने छ । थापाको दाहिने तर्फको पुरा भाग चल्न सकिरहेको छैन । अबको अप्रेसन पछि नेपाल फर्काउन सहज हुने डाक्टरल सल्लाह दिएको जानकारी लुम्बिनी समाज नेपाल कुवेतका महासचिव रुपेन्द्र बिक्रम हमालले परदेशी खबरलाई जानकारी दिएका छन्।

 

 

बिरामी थापालाई अस्पतालमा गई लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष एच पी खत्री, उपाध्यक्ष रमेश नेपाली र महासचिव रुपेन्द्र बिक्रम हमालले भेट गरेका थिए ।

कुवेतको सामाजिक कार्यमा सधैं अग्रसरता साथ सामाजिक तथा मानवीय सेवामा तल्लीन लुम्बिनी समाज नेपाल कुवेतले नेपालका विभिन्न स्थानमा सहयोग गर्दै आईरहेको छ । गत हप्ता मात्रै पनि नसा पीडित तथा मृगौला पीडितलाई नगद सहयोग गरेको समाजले थापाको उपचार र नेपाल फर्काउनको लागि सहयोग संकलन अभियान चलाउन लागेको हो । समाजले गरिब, बिपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आईरहेको छ।
समाजले दूतावास कुवेतसगको सहकार्यमा चाँडो भन्दा चाँडो नेपाल फर्काउन सकिने बिश्वास व्यक्त गर्दै कुवेतमा रहेका सामाजिक संघ संस्था लगायत नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई लुम्बिनी समाज नेपाल कुवेतले सहयोगको लागि परदेशी खबर मार्फत अपिल पनि गरेको छ ।