आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दलित एकता संजाल युएइ ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

परदेशी खबर ४ माघ २०७३, मंगलवार १२:२० मा प्रकाशित ( ७ साल अघि) १८९ पाठक संख्या


लक्ष्मण रसाइली/ जनवरी १७, कुवेत। दलित एकता संजाल यु ए इ ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त ज्ञापन पत्र बुझाएको छ।अन्तरास्ट्रिय उर्जा सम्मेलनमा प्रतिनिधित्व गर्दै प्रधानमन्त्री तथा उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरलाइ संयुक्त अरब ईमिरेट को दुबईमा एक अन्तरक्रिया कार्यक्रम बिच ज्ञापनपत्र बुझाएको छ। जाजिय विभेद र छुवाछू का जघन्य अपराध प्रती सरकारको ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझएको छ। आजको एक्काइसौँ शताब्दीमा बिश्व जगतलाइ साघुरो बनाउँदै चन्द्र सुर्य भए जस्तो ठाँउ मा बस्ती बसाल्ने अनुसन्धान भैरहँदा बिडम्बना हाम्रो देशमा अझै पनि एक मानवले अर्को मानवलाई मानव सरहको व्यबहार गर्न नसक्नु निकै लाजमर्दो बिषय भएको छ। हाम्रो समाज मा बिद्यमान बिकृतीमा एउटा बिद्यार्थी भयर राजधानीमा कोठा सम्म भाडामा नपाउनु, अन्तरजातीय बिबाह लका कारण हत्या हुनु लज्जास्पद बिसय हो। जातकै आधारमा बोक्सीको आरोप लगाइ दिशा पिसाब खुवाइ कुटपिट गरि हत्या भइ रहेका छन। त्यस्तै नेपालको शिक्षाले आज सम्म पनि मानवको जात मानव नै हो उस्को अर्को जात छैन भन्ने कुरा पढाउन नसकिरहेको बेला आम नागरिकलाई यस्ता बिषयमा समेत संजालले ध्यानाकर्षण गराएको छ। पछाडी पारिएको जात जुन दलितहरु माथी ठाँउ ठाँउ मा कु-व्यबहार तथा हत्या हुँदा सम्म पनि दोषी माथि कार्बाही नहुनु ,दलित हकहितका लागि उठाइएका मुद्दाका सम्बोधन नहुनु जस्ता बिषय मा ज्ञापन पत्र बुझाइएको दलित एकता संजाल यु ए इ का अध्यक्ष बिनोद गोतामे बिश्वकर्माले जानकारी दिएको छ।