आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

आफू कार्यरत घरबाट भाग्न खोज्दा कुवेतमा एक नेपाली महिला गम्भिर घाईंते

परदेशी खबर २ माघ २०७३, आईतवार २२:१४ मा प्रकाशित ( ७ साल अघि) १९३ पाठक संख्या

जनवरी १५, कुवेत। कुवेतमा आफू कार्यरत घरबाट भाग्न खोज्दा एक नेपाली महिला गम्भिर घाईते भएपछि अस्पताल भर्ना भएको समाचार प्राप्त छ। घाईते हुनेमा दाङ तुलसीपुर घर बताउने पुजा चौधरी रहेकी छिन्।

करिब एक महिना पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी पुजा आफूले काम गर्ने घरमालिकको मानसिक तथा शारीरिक यातना सहन नसकेपछि भाग्नलाई आफू काम गर्ने घरको तीन तला माथिको झ्यालबाट डोरीको साहाराले भाग्न लाग्दा बिचैमा डोरी चुडिन गई जमिनमा खस्दा उनि घाईते भएको समाचारमा उल्लेख छ। प्राप्त समाचार अनुसार हाल उनको कम्मर भन्दा मुनिको भाग चलेको छैन।

भारतको बाटो हुँदै कुवेत छिरेकी पुजा हाल सुवेख स्थित अलराजी अस्पतालमा उपचाररत छिन्। उनको बारेमा बिस्तृत जानकारी भने प्राप्त हुन बाँकी नै छ।  श्रोत: बिभिन्न अनलाईन मीडियाहरुको सहायतामा।