आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

गजल – कुवेतमा – एस पि माथवरका

परदेशी खबर २८ पुष २०७३, बिहीबार ०९:२२ मा प्रकाशित ( ७ साल अघि) ८२८ पाठक संख्या

एस पि माथवर

 

यो दिन रातै बिजुली चम्कनि कुवेतमा ।
भने जस्तो राम्रो छैन कम्पनी कुवेतमा ।।

पाइदैन् हाम्रो जस्तो पहाडको हावापानी ।
बाह्रै मास आगो लाग्छ दनदनी कुवेतमा ।।

आफन्त, देश मन मुटु भरि हुदा पनि।
कोही हुन्न आफ्नै भनि सम्झनि कुवेतमा ।।

यु के जापान अमेरिका आँखा लाउछन ।
कहाँ जान्छन् र हुनिखानि धनि कुवेतमा ।

कैले हो बनको चरि बनमै रम्ने भन्दै ।।
लाखौं युवा बस्याछन् दिन गनि कुवेतमा ।

 

 

 

 

एस पि माथवर
दाङ देउखुरी
हाल कुवेत