आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अल्ट्रा म्याराथन धाविका मिरालाई २८ लाखसहित सम्मान

परदेशी खबर २१ पुष २०७३, बिहीबार १३:०८ मा प्रकाशित ( ७ साल अघि) १५२ पाठक संख्या

जनवरी ५, ।   सगरमाथा डोजाङ बेलायतको अगुवाईमा अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई २८ लाख रुपैयाँसहित सम्मान गरिएको छ । 

बेलायतस्थित डोजाङका प्रमुख तथा प्रशिक्षक राष्ट्र राईको अगुवाईमा बितेका केही महिनाहरुमा बेलायतका किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा मिरा राईको सहयोगार्थ ३० लाख रुपैयाँ संकलन गरेका थिए ।

बिहीबार एक कार्यक्रम आयोजना गरी राईलाई २८ लाख र प्रशिक्षक ध्रुब मल्ललाई दुईलाख रुपैयाँसहित सम्मान गरिएको हो ।

उज्यालो अन्लाईनबाट