आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अधिकार प्राप्ती रोएर हुँदैन: नेरुता मोक्तान

परदेशी खबर १९ पुष २०७३, मंगलवार ०७:४४ मा प्रकाशित ( ७ साल अघि) ७४१ पाठक संख्या

मेरो जातीय पहिरान पहरीए पनि नपहिरिए पनि मेरो खुसि को कुरा हो। स्वतन्त्र छु तर राज्यले सम्मान गर्नै पर्छ। गोईलो पहिरेर मात्र अधिकार प्राप्ती हुन्थ्यो भने जनयुद्धकालमा १५०० तामाङ शहादत हुनु पर्ने आवश्यक थिएन। गोइलो पहिचानको सबै धार हैन एक आधार हो।

संवैधानीक आधिकारिक रुपमा पहिचानसहितको संघीयता, संघीयराज्य, तामाङसालिङ राज्य हुनुपर्छ भन्दा दिनरात गोइलो र तागी भकुण्डो जस्तो खुविहिन टाउको माथी भिरेर हिडेका हरुले तामाङसालिङ राज्य लाई जातीयराज्यको बिल्ला भिराउने ? यो जति लजास्पद अरु के होला?

गोईलो संस्करण पहिरान हो हराए सायद कतै किन्न पाईएला तर ताम्सालिङ भुगोल हो गुमाय हेरौँला कहाँ किन्न पाइदो रहेछ।

मैले बुझेअनुसार भने ताम्सालिङ यी एउटै शब्द भित्र सबैथोक अटिएको छ। भाषा, धर्म, संस्कार, समानता, भुगोल, रितिरीवाज,परम्परागत चलनतल्ति, भाषिक शिक्षा, लैंगिक समानता, जातीय मुक्ति, विकास समृद्धी, सबैथोक यहि ताम्सालिङ शव्द भित्र अटेको छ।

अनि भाषा बोल्ने, गोइलो पहिरीने, डम्फु ठट्टाएर नाच्ने, तर ताम्सालिङ चहिँ जातिय राज्य देख्ने ?
के हो जातीय राज्य भनेको? गुरिल्ला होकी हनुमान हो? यसरी अधिकांश तामाङ तथा गौर तामाङहरु ताम्सालिङ प्राप्तिको लागि अहोरात्र खटिरहँदा अन्य तामाङहरुले ताम्सालिङ के हो? ताम्सालिङ यदि प्राप्त भयो भने त्यहाँका जनतालाइ प्रत्यक्ष वा अप्रत्यक्ष कसरी कति फाइदा हुन्छ? भन्ने बिसयमा अध्यन गरिइनु जरुरत देखिन्छ। त्यसै पनि नेपालको राजधानीलाई घेरा बनाएर रहेको ताम्सालिङ बिकट र अशिक्षित एबम कुनै पनि बिकासबाट टाढा छ। झन अहिले ताम्सालिङ हुनुहुन्न भनेर ताम्सलिङकै बिरोध गर्दा अशिक्षित छ भन्ने सावित भएन? ताम्सालिङ प्राप्तिको लागि तामाङको कुनै दायित्व छैन?

हेक्का रहोस सिङगो नेपाल एकलजातीय नश्नलवादी हरुले कब्जा गरे जस्तो ताम्सालिङ संघीय राज्य भित्र एकजाती र एक बर्ण को शासन चल्दैन। १२१ जाती र जातीविसेस भाषा धर्मको समान अधिकार हुने छ। त्यसैले ताम्सालिङ भित्रका सम्पुर्ण जात जातीहरु ताम्सालिङ प्राप्तीका लागी एकजुट हुन अति आवस्यक छ।

तामाङले युद्ध लडेर तामाङसालीङ ल्याएमा तामाङसालिङ भित्रका अन्य जातिले मोज गरि खाउला भनेर नसोच्दा हुन्छ। संघियता प्राप्ती पछि गाउँपालिका केन्द्रिय कार्यलय समस्त सबैजातीको एउटै हुने छ ।