आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

जेद्धा साउदीमा गुरुङ समुदायले तमू ल्होसार भब्य मनाए

परदेशी खबर १७ पुष २०७३, आईतवार ०८:२६ मा प्रकाशित ( ७ साल अघि) २९१ पाठक संख्या

अशिमदोर्जे तामाङ/ जनवरी १, साउदी अरब। पश्चिम क्षेत्रमा बस्ने गुरुङ समुदायले तमू ल्होसार विशेष कार्यक्रम हिजो ३० डिसेम्बर २०१६ शुक्रबार मनाएको छ ।

तमु धी, जेद्दा साउदी अरबद्वारा अयोजित कार्यक्रम जेद्धा शहरको सराफिय स्थित इम्पाला गार्डन् रेस्टुरेन्टको कार्यक्रम हलमा भएको थियो । “सहयोग ,सदभाव र एकता – हाम्रो प्रमुखता ” भन्ने मुल नाराका साथ स्थापित तमू धी जेद्धा साउदी अरबले स्थापना कालदेखि नै ल्होसार लगायत अन्य कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । बिहान १२ बजे देखि सुरु भएको कार्यक्रम तमु धी जेद्धाका अध्यक्ष बुद्धिलाल तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाका महासचिब
राम सुरज गुरुङले संचालन गरेका थिए । ल्होसार विशेष कार्यक्रममा साउदी अरब जेद्दाका महावाणिज्यदुत रेवती रमण पौडेल प्रमुख अतिथिको रुपमा रहेको थियो ।

संस्थाका वरिष्ठ सल्लाहकार बेद तमुको स्वागत मन्तव्य बाट सुरु कार्यक्रम दुई चरण औपचारिक र अनौपचारिक गरि बढिएको थियो । औपचारिक कार्यक्रम सुरु हुनु भन्दा अगाडि लामा गुरु कृष्ण तमु द्वारा धर्मिक प्रबचन दिएका थिए । साथै उपस्थित अतिथिगण तथा सबैमा तमु धीका संरक्षक युवराज तमुबाट टीका र रेफु प्रदान गरेको थियो । प्रमुख अतिथी तथा कार्यक्रमको सभापतिद्वारा सयुक्त रुपमा दिप प्रज्वलन तथा राष्ट्रिय गान बजाइ औपचारिक कार्यक्रम सुरु गरिएको थियो भने कलाकार खिम तमुले गुरुङहरुको राष्ट्रिय गीत गएको थिए ।
कार्यक्रममाको विशेष अतिथिको रुपमा साउदी अरब जेद्दाका वाणिज्यदुत मनहरि दङगल, श्रम सहचारी भोजराज घिमिरे थिए भने अतिथिहरुमा तामाङ घेदुङ साउदी अध्यक्ष बिगेन्द्र वाइबा तामाङ ,एन आर एन ए साउदीका उपाध्यक्ष ध्रुब रिजाल,एन आर एन ए (आर सि सि) जेद्दाका अध्यक्ष भिम गुरुङ, नेपाली युवा क्लब जेद्दाका अध्यक्ष कृष्ण भट्टराई , आदिबासी जनजाति महासंघ साउदी अरबका उपाध्यक्ष बलकुमार राई ,समाजसेवि तथा बुद्धिजीवीहरु अन्जन पोखरेल, सुप्रीम गोले तामाङ,देनडी शेर्पा ,राम राजा घिमिरे ,दुर्गा बिक ,बिष्णु प्रसाद न्यौपाने लगायत कार्यक्रमलाई प्रयोजन गरेका कम्पनी , संस्था प्रमुख र स्पोन्सर ब्यक्तिहरु रहेको थियो साथै प्रमुख अतिथि ,विशेष अतिथि अनि ल्होसार कार्यक्रमलाई प्रयोजन गरेका प्रयोजक प्रतिनिधिहरुलाइ गुरुङ भेषभुसा भङरा र फेटा लगाइ असान ग्रहण गराइएको थियो ।

त्यसैगरि गएको हप्ता सम्पन्न खेलकुद कार्यक्रममा सहभागी खेल बिजेता खेलाडी तथा टिमलाई प्रमुख अतिथिबाट सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गुरुङ जातीहरुको ल्होसार विशेष खेलकुद कार्यक्रमको अवसर पारेर गत २३ डिसेम्बर २०१६ शुक्रबारको दिन तमु धि जेद्दा द्वारा खेलकुद पनि आयोजना गरिएको थियो।

यस बर्ष तमू ल्होछालाई थुप्रैले प्रयोजन गरेको थिए जसमा जेट एयरवेज, वाइवाइ न्युडल्स,काठमाडौं रेस्टुरेन्ट बलाद जेद्धा,आइ एम ई,फवरी मनि ट्रन्सफर र अल्मराइ कम्पनी प्रायोजक रहेको थियो ।

विशेष सङगीतिक कार्यक्रम रहेकोले स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति देखाएको थियो साथै चर्चित कलाकारहरुले पनि आ आफ्नो प्रस्तुति पस्किदै उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिलाए । कलाकारहरु धन ब. तमु , सिम्रन पुन मगर, खिम तमु, शान्ति लामा, खोबुन तमु ,आनन्द कर्की ,पुजा सरगम, गणेश तमु ,सबिना खादी, सुप्रिम तामाङ , बिनोद न्यौपाने, मिसार गाह मगर, सुरेन तमु, राज तमु लगायत ले आफ्नो बेजोड प्रस्तुती देखएको थियो भने शिव गौतमले क्यारिकेचर गराइ अफ्नो प्रस्तुत गराए ।

कार्यक्रममा उपस्थित भै कार्यक्रम भब्य सफल परिदिएकोमा अयोजक तुमू धी जेद्दा साउदी अरबले साउदी अरब पश्चिम् क्षेत्रमा रहनु हुने सम्पुर्ण गुरुङ समुदाय, गैर गुरुङ नेपाली दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी लगायत पत्रकारलाई हर्दिक धन्यवाद व्यक्त गरे ।