आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

जुन जस्तो तिम्रो मुहार पनि सार्वजानिक, नुमा र बिपिन अभिनय (भिडियो सहित)

परदेशी खबर ७ पुष २०७३, बिहीबार ०६:५७ मा प्रकाशित ( ७ साल अघि) ४२२ पाठक संख्या

डिसेम्बर २२, कुवेत। कुवेतलाई कर्मथलो बनाएर मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने कलाकारहरुको एक पछी अर्को गर्दै म्युजिक भिडियोहरु सार्वजनिक भईरहेका छन्। यसै क्रममा मोडलद्वय नुमा राई र बिपिन खालिङ राई अभिनित “जुन जस्तो तिम्रो मुहार” को म्युजिक भिडियो सार्वजानिक भएको छ।

संग्स नेपालले युट्यूव मार्फत सार्वजानिक गरेको उक्त म्यूजिक भिडियोमा गायक राजेशपायल राईको स्वर, निलम रोजु राईको संगीत र शव्द बपिन खालिङ राईको रहेको छ।

कुवेतको बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको उक्त म्यूजिक भिडियो निरेम प्रोडक्सनको व्यानरमा निर्माण भएको हो। म्युजिक भिडियोको निर्देशन राज लिम्बू थेगिम, क्यामेरा प्रेमकुमार जिमी रहेका छन्।
हेर्नुस् म्यूजिक भिडियो: