आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

मुहम्मद अलीको सफलता र बक्सिङका राजा ( १९४२-२०१६)

परदेशी खबर ५ पुष २०७३, मंगलवार १२:०१ मा प्रकाशित ( ७ साल अघि) २५३ पाठक संख्या

 

 

आफ्नो बहादुरी र खुङखार व्यबहारका कारणले आँटिला मुहम्मद अली ( ल्यापियस क्ले ) ले तिन पटक विश्व  हेभिवेट बक्सिङका उपाधी जिते।

 

उनका पिता साइनवोर्ड पेन्टर थिए र आमा घरेलु कामदारका रुपमा थियो ।सानो छँदा ऊनी एक परोपकारी संस्थाद्वारा दानमा दिइएको कपडा लगाउथे । १२ बर्षको उमेरमा उनले यो संकल्प गरे कि उनि दुनियाँको महानतम बक्सर बन्नेछन।

 

 

यसैले उनले ६ घन्टासम्म कठोर प्रशिक्षण लिन्थे। आफ्नो प्रतिद्वन्दीलाई हराउनका निमित्त उनले मनोबैज्ञानिक बिधि पनि प्रयोग गरे। उनि प्रायजसो खेलभन्दा पहिले र यसको बिचमा भन्ने गर्दथे , ” म सबै भन्दा महान छु ” ताकी उनको प्रतिद्वन्दी मनोबल कम होस् ।

 

रोम ओलम्पिकमा स्वर्ण पदक जितेको केहि समयपछी उनि एक रेस्टुरन्टमा गए , त्यहाँ वेटरले उनलाई भने ” माफ गर्नुहोस् , हामी अस्वेतहरुलाई यहाँ प्रवेश दिदैनौ। ” अपमानित अलिले सोचे कि यदि ओलम्पिकमा स्वर्ण पदक जितेपछि पनि उनलाई आफ्नो देशमा सम्मान मिलिरहेको छैन भने त्यसको के फाइदा ? भन्निन्छ कि यस घटनापछि उनले आफ्नो घाँटीको स्वर्ण पदक झिकेर ओहियो नदिमा प्याकिदिए।

भियतनाम युद्धको बेला अलिलाई युद्धमा जान आदेश दिइयो , तर उनले भने कि शान्तीवादी संगठन नेसन अफ इस्लामको सदस्य भएका कारण युद्धमा जानेछैनन। यसकारण उनलाई बक्सिङको जगतबाट बहिस्कृत गरियो । सरकारले उनको पासपोर्ट जफत गरिदियो , ताकी उनले विदेशमा कुनै बक्सिङ च्यापियनसिपमा भाग लिन नपाउन । साढे तिन बर्षको निवार्सनपछी महुम्मद अलीले पुन: बक्सिङको उपाधी जितेर यो साबित गरिदिए कि उनि साच्चै महानतम छन् ।

डा. सुधीर दिक्षिति को संघर्ष र सफलातका १०१ प्रेरक जिवनीहरु बाट ।
डा. सुधीर दिक्षिति